Hariram Rimal

आदरणीय चितवनवासी मतदाता बुवा आमा, दाजुभाई तथा दिदीबहिनीहरु,

          यहाँहरुलाई अवगत नै छ, भरतपुर सहित आधुनिक चितवनको विकासको ईतिहास ७० वर्ष भन्दा लामो छैन् । चितवन जिल्लाका पुराना अभिलेखहरुबाट प्रमाणीत हुन्छ, पहाडिया भु–भागहरुबाट भारतिय बजारमा सामान किन्न जाने रुटको बिसौनी स्थान थियो हालको नारायणगढ बजार। कवि नन्दनको स्मिृती गन्थनमा उल्लेख भएअनुसार वि.स. २००० सालतिर लमजुङबाट बन्दीपुर हुँदै नारायणगढमा बास बसेर बयलगाडामा ठोरी हुँदै भारतको नर्कटिया बजार पुगेर नुन मट्टितेल लगाएतका सामानहरु लिएर पुनंः बयलगाडा नारायणगढसम्मै आउने गर्दथ्यो। वि.सं. २०१२ सालमा सरकारले राप्ती दुन विकास परियोजनाको योजना बनायो। जुन परियोजना अन्तरगत पहाडी जनताहरुले जंगल फडानीमार्फत निशुल्क कृषीयोग्य जमिनहरु उपयोग गर्न पाउथे। त्यसपछि भरतपुरमा बयलगाडाका सडकहरुसँगै छाप्रा पसलहरु खुल्न थाले, जहाँबाट पहाडी जिल्लाहरुबाट किनमेल गर्न आउने ग्राहकहरुका लागी भारतबाट ल्याईएका नुन, मट्टितेल लगायतका सामानहरुको व्यापारको केन्द्रिय भागको रुपमा विकसित हुन थाल्यो। त्यसवेला चितवनलाई ढाक्रेको बजार पनि भनिन्थ्यो । दुँनियाभरी नै यस्ता खालका व्यापारिक केन्द्रहरुले एकदमै छिटो आँफुलाई विकासको उच्चतम श्रेणीमा पु¥याएका उदाहरण छन्। जस्तो : दुबई, सिंगापुर, साउथ कोरिया, मलेसिया, कतार जस्ता मुलुकहरु सामुन्द्रिक व्यपारिक हवको रुपमा विकसित भए। जुन भौगोलिक हिसाबले केन्द्रमा मात्रै थिएनन् ट्रान्सपोर्टेशन कस्ट पनि न्युन थियो। चिनमा राष्ट्रपति सी निर्वाचित भएर आएदेखी प्राचिन चिनियाँहरुले यूरोप र मध्य एसियासँग रेशमी मार्गमार्फत गर्ने व्यापारलाई शिल्क रोडको विशाल परियोजनामार्फत सामुन्द्रिक भन्दापनि सस्तो ट्रान्सपोर्टेशन मार्गको रुपमा ठुलो पुँजी ईन्भेष्ट गरिरहेका छन्। राष्ट्रपति सी ले केहिदिन अगाडीमात्रै सकिएको चिनियाँ कंग्रेसको अधिवेशनबाट शिल्क रोड परियोजनाका लागी आँफु तेस्रो कार्यकाल निर्वाचित हुनुपरेको स्पष्टिकरण दिएका छन्। हो चितवनले त्यही पुरानो आफ्नो ईतिहासलाई आजको दुनियाँको ट्रेड सेन्टरसँग एकाकार गर्न सक्यो भने उस्तै  मध्यभागमा अवस्थित रहेकाले अव ति दश/आठ पहाडी जिल्लाको मात्रै हैन् सिंगो देश नेपाल र दुनियाकै दुई विशाल अर्थतन्त्रहरु चिन र भारतको व्यापारिक केन्द्रको स्थान ओगट्न सक्छ। किनभने चितवन नेपालको राजधानी काठमान्डौबाट हाराहारी १४० कि.मी.,गण्डकी प्रदेशको राजधानी पोखराबाट १४० कि.मी.,बाग्मती प्रदेशको राजधानी हेटौँडाबाट मात्रै ६० कि.मी.तथा लुम्बिनी प्रदेशको राजधानी देउखुरी उपत्यकाबाट मात्रै हाराहारी २०० कि.मी.मा अवस्थित रहेको छ। त्यसैगरी चितवनबाट ५५० कि.मी.मा पश्चिम नेपालको सिमाना महेन्द्रनगर पुग्न सकिन्छ भने हाराहारी ४५० कि.मी.मा पुर्वी नेपालको झापा पुग्न सकिन्छ। त्यतिमात्र होईन चितवनको मुख्य उपत्यकाबाट नर्कटिया बजार ८० कि.मी.मा पुग्न सकिन्छ भने उत्तरी चिनियाँ नाका केरुङ २०० कि.मी मा अवस्थित भएपनि चितवनदेखी केरुङसंम्मको २०० कि.मी को बाटोमा ठुलो व्यापारिक केन्द्र निर्माणका लागी विशाल समथर भु–भाग अन्य ठाउँमा नभएकोले चितवन उपत्यका नै चिन र भारतको विशाल बजारको केन्द्रिय भु–भागको रुपमा विकसित गर्न सकिने कुरामा दुई मत छैन् । 


आदरणीय चितवनवासी मतदाता बुवा आमा, दाजुभाई तथा दिदीबहिनीहरु,
           यो विशाल सम्भावनालाई मुर्त रुप दिन यहाँहरुले मंसिर ४ को निर्वाचनमा २०४८ सालको निर्वाचनपछि पटक–पटक निर्वाचित भई लाभको पदमा पुगेका र पटक–पटक उम्मेद्वार भएका पुराना नेताहरुलाई सोध्नुहोस ३० वर्षमा दुनियाँका अल्पविकशित मुलुकहरुले विकसित मुलुकमा छलाङ हानेको समयमा तपाईको ३० वर्षिय राजनीतिको उपलव्धी के हो ? अथवा अझ अगाडी बढेर सुनको जगमा उभिएको चितवन उपत्यकाको लागी तपाईको ३० वर्षिय राजनीतिले के दियो ? त्यसैले मंसिर ४ को प्रदेश सभा निर्वाचनमा परम्परागत मतहरुलाई बदलेर चितवनको ईतिहासलाई बुझेको, वर्तमानको विश्व घुमेको र बुझेको ३५ वर्षिय युवा हरिराम रिमाललाई लौरो चिन्हमा मतदान गर्नु भई चितवनको यो विशाल द्धारलाई ओपनिङ गर्नुहुनको लागी सम्पुर्ण मतदाताहरुमा हामी सादर अनुरोध गर्दछौँ । 

मेरो बारेमा

राजनीतिक पृष्ठभुमी 

  • २०५७ सालमा विद्यालय नजिकै ठुलो सामुदायिक पुस्तकालय खुलेपछि ०४६ सालपछि सबैभन्दा धेरै विकशित भएको प्रिन्ट मिडियाको सर्वभुलभ उपलव्धताको उपयोग गर्दै नेपाल साप्ताहिक, समय साप्ताहिक, हिमाल खवर पत्रिका, मुल्यांकन मासिक, नवयुवा, कान्तिपुर दैनिक, अन्नपुर्ण पोष्ट, नेपाल समाचारपत्र, राजधानी दैनिक, जनआस्था साप्ताहिक लगाएत मिडियाहरुमा प्रकाशन हुने राजनीतिक घट्नाक्रमहरुसंग साक्षात्कार । त्यसैगरी तत्कालिन विकशित भएका एफ.एम रेडियोहरु विविसी नेपाली सेवा, नेपाल टेलिभिजन, कान्तिपुर टेलिभिजन, ईमेज टेलिभिजन, च्यानल नेपालहरु बाट पनि सुचना स्रोतहरुको संकलन तिव्र हुन्छ । 
  • स्कुले जिवनकालमा नै माओवादी जनयुद्ध उत्कर्षमा पुग्छ । दरवार हत्याकाण्ड हुन्छ । ०५८ असोज १८ पछि दरवारको कु सुरु हुन्छ । देशमा संकटकाल लागु हुन्छ । नेपालको ईतिहाँसमा नै व्यापक उथलपुथल र हेरफेरको घटनाको विच वाल्यकाल र स्कुले जिवनको समापन हुन्छ ।
  • २०६१ साल चैत्रमा एस.एल.सी परिक्षापछि पत्रकारिता पढ्ने उदेश्यले काठमाडौं आई पत्रकारिताको केन्द्रिय क्याम्पस रत्नराज्य लक्ष्मी क्याम्पसमा अध्ययनरत रहदा नै अनेरास्वियुमा संगठित भई राजाको प्रत्यक्ष शासनको विरुद्धमा नागरिक आन्दोलन तथा विद्यार्थी आन्दोलनमा सहभागिता जनाउने क्रममा २ पटक राज्यद्रोहको अपराधको मुद्धासहित प्रहरी हिरासतको यातनाले अझ बढि राजनीतिप्रती लगाव बढ्न जान्छ । 
  • २०६२/०६३ सालको आन्दोलनको सफलतापछि पढाई सँगै युवाहरुको कुनै उत्पादनमा जोडिनुपर्छ भन्ने उद्येश्यले २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनपछि १ लाख चालु पुँजिको आईटि कम्पनीको स्थापना र संचालन । 
  • पेट्रोलियम पदार्थको २/४ रुपैयाको मुल्यवृद्धिको विरुद्धमा केन्द्रित विद्यार्थी आन्दोलनबाट विस्तारै अलग ।
  • २०६५ सालपछि व्यवसायसंगै विभिन्न राजनीतिक रिसर्च एकेडेमीहरुसँग जोडिएर नेपालका विभिन्न क्षेत्रका विज्ञहरु जस्तै : समाजशास्त्री डा. चैतन्य मिश्र, समाजवादी चिन्तक प्रदिप गिरी , मानवशास्त्री सुरेश ढकाल, वामपन्थी वुद्धिजिवी श्याम श्रेष्ठ, राजनितिज्ञ डा. बाबुराम भटट्राई, दर्शनशास्त्री डा.वेदुराम भुषाल, माक्र्सवादी अध्यता घनश्याम भुषाल, समाजवाली चिन्तक रमेश सुनुवार, भुगोलविद डा. पिताम्बर शर्मा, वाम अर्थशास्त्री हरी रोक जस्ता विज्ञहरुसँग निरन्तर सानिध्यमा रही अध्यन अनुसन्धानमा सक्रिय ।
  • २०६७ सालपछि नेपालमा परम्परागत राजनीतिक दलहरुको औचित्य समाप्त भएको र त्यसको विकल्पमा कम्तिमा २ वटा शसक्त वैकल्पिक शक्ति पार्टीको वकालत गर्दै आएको तथा संविधान जारी भएपछि डा. बाबुराम भटट्राईले प्रयत्न गरेको नयाँ शक्ति नेपालमा सामेल भई २१ महिना कार्यअनुभव हाँसिल गरेको । र पुन्ः स्वतन्त्र राजनीतिक जिवन यापन गरेको । 
  • मित्र राष्ट्र चिनको ४ पटक व्यवसायिक भ्रमण गरेको । ५ पटक भन्दा धेरै मित्र राष्ट्र भारतको भ्रमण गरेको तथा १ पटक मित्र राष्ट्र श्रिलंकाको  भ्रमण गरेको । 
  • आईटि कम्पनी विगटेक अफिस सिस्टमलाई काठमाडौं र चितवन भरतपुरमा विगत १४ वर्षदेखी नेतृत्व प्रदान गर्दै आएको । 
  • २०७४ सालको स्थानिय चुनाव, प्रदेश तथा प्रतिनिधि सभाको चुनाव र २०७९ सालको  स्थानिय तहको निर्वाचनमा विभिन्न माध्यमबाट सक्रियतापुर्वक सहभागीता जनाएको । 
  • हाल प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्य पदको लागी लौरो चुनाव चिन्हबाट प्रत्यासी ।   

सम्पर्क सचिवालय

  • भरतपुर महानगरपालिका ११, चितवन

प्रतिबद्धता

१) म राज्यबाट प्राप्त हुनेतलव, बठै क भत्तालगायत कुनैपनि सुविधाहरु ग्रहण गर्नेछैन ।
२) हालसम्मको मेरो जीवन समान्य र मितव्ययी छ । त्यसलाई कायम राख्नेछु ।
३) प्रत्येक तीन–तीन महिनामा आफ्नो सम्पूर्ण विवरण समावेश गरिएको अडिट रिपोर्ट सार्वजनिक गर्नेछु ।
४) म आफुले सार्वजनिक गरेको घोषणापत्रप्रति प्रतिबद्ध छु र रहनेछु ।
५) म हरके महिना सार्वजनिक महत्वका प्रोजेक्टहरुमा फिल्डमा मजदुरहरुसँगै शारीरिक श्रमदानको लागि प्रतिबद्ध हुनेछु । 

लाइभ मन्तव्य

Hariram Rimal

मेरो धारणा

एकजना प्रसिद्ध गणितज्ञ उल्फग्याङ्ग बोल्याईले भनेका थिए– “कुनै पनि वस्तु आफ्नो जमानामा त्यसैगरी यत्रतत्र उत्पन्न हुन्छ, जसरी वर्षायाममा झारहरु उत्पन्न हुन्छन् ।” बोल्याईको यो कथन अहिले डिजिटल प्रविधिमा पूर्णतया लागु हुन्छ । एक्काइसौं शताब्दीमा यो यत्रतत्र पैmलिरहेको छ । किनभने यो डिजिटल प्रविधिको युग हो । त्यसैगरी महान दार्शनिक कार्ल माक्र्सका अनुसार “हरेक दर्शन आफ्नो युगको बौद्धिक सार हो ।” अहिले डिजिटल प्रविधि हाम्रो युगको बौद्धिक सारको रुपमा उदाएको छ । यसबिना हाम्रो युगको कल्पनै गर्न सकिन्न । कृत्रिम बौद्धिकता (Artificial Intelligence) आजको बौद्धिक क्रान्तिको प्रतिनिधि हो ।

हरिराम रिमाल

Gallery

उम्मेद्वारीको सम्बन्धमा

आदरणीय सम्पुर्ण चितवनबासी मतदाताहरु ,

आज हामी एक्काइसौं शताब्दीमा छौं । यो शताब्दी विज्ञान–प्रविधिको उच्च विकासद्वारा सम्पन्न शताब्दी हो । विज्ञान–प्रविधिको असाधारण उपलब्धिबाट अब सम्पूर्ण मानव जीवनलाई सुखी र समृद्ध बनाउन सम्भव भएको छ । तर हाम्रो समाज अझै पनि पिछडिएको अवस्थामा (१६औं शताब्दीको जस्तो) छ । यसको कारण हाम्रो समाज बदलिँदो विश्वको गतिमा अगाडी बढ्न नसक्नु हो भन्ने कुरा सहजै बुझ्न सकिन्छ । हाम्रो राजनीतिक प्रणालीमा परिवर्तन ल्याउने तीनवटा ठूला क्रान्तिहरु भए । २००७ सालको क्रान्तिले समान्तवादी जहानियाँ राणाशासनलाई अन्त्य गरेर प्रजातन्त्रको स्थापना गर्यो । २०४६ सालको क्रान्तिले निरंकुश पञ्चायती व्यवस्थालाई अन्त्य गरेर बहुदलीय व्यवस्थालाई स्थापित गर्यो । त्यसैगरी २०६२/०६३ सालको क्रान्तिले राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापित गर्यो । तर यी तीन ठूला क्रान्तिहरुको बावजुद हाम्रो समाजको वास्तविक अवस्थामा तात्विक परिवर्तन हुनसकेको छैन । जनताको जीवनस्तर माथि उठ्न सकेको छैन । हाम्रो परनिर्भरता घटेको छैन र देशको मुहार फेर्नसक्ने विकास भएको छैन ।

त्यसकारण अब हाम्रो समाजको वर्तमान अवस्था र सिंगो विश्वको वर्तमान अवस्थाबीचको यो विसंगतिलाई अन्त्य गरेर देशलाई अग्रगामी दिशामा लानको लागि एउटा नयाँ कदम चाल्नुपर्ने परिवेश सिर्जना भएको छ ।

Back To Top